
काठमाडौं, ८ असोज । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा पाःलाम रेकर्ड भएको छ । तमर फिल्म्स्का प्रोप्राइटर रुद्र पाहिम लिम्बूले सुमन लिम्बूलाई यो अवसर दिएका हुन् ।
नेम खापुङको रचना र अशोक लोहरुङ राईको संगीत संयोजन रहेको पाःलामलाई सुमन लिम्बूले लय संकलन गरेका हुन् । सुमनलाई गायक/गायिकाहरु गंगा फियाक, सिर्जना जबेगु, भीमसागर लिम्बू, दिवस पयाङ्गु, रोजिना थेगिमले साथ दिएका छन् ।

भर्जिन स्टुडियो, काठमाडौंमा रेकर्ड भएको पाःलामको स्टुडियो भिडियो पनि छायांकन भएको छ । निर्मल सुब्बा आशिषले छायांकन गरेको भिडियोको चाँडै अफिसियल च्यानलमार्फत सार्वजनिक हुने निर्देशक लोकन साँवाले जानकारी दिएका छन् ।
नयाँ अनलाइन बाट



