
विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा रेकर्ड भएको पाःलामको म्युजिक भिडियो छायांकन भएको छ । तमर फिल्म्स्का प्रोप्राइटर रुद्र पाहिम लिम्बूले उक्त भिडियो निर्माण गरेका हुन् ।

‘तुम्याहाङ सासे…’ बोलको पाःलाम नेम खापुङको रचना र अशोक लोहरुङ राईको संगीत संयोजन र सुमन लिम्बूले लय संकलन गरेका हुन् । उक्त गीतमा सुमनको साथमा गायक/गायिकाहरु गंगा फियाक, सिर्जना जबेगु, भीमसागर लिम्बू, दिवस पयाङ्गु, रोजिना थेगिम छन् ।

म्युजिक भिडियोमा रुद्र पाहिम र लक्ष्मी योङहाङले अभिनय गरेका छन् । साथमा, गंगा तुम्बाहाम्फे, रत्ना लावती, सिर्जना जबेगु, थोक्फेला लिङ्देन, प्रकाश तुम्बाहाङफे, दिवस पयाङगु, सुमन लिम्बू, प्रेसा वनेम, अनुरागी राई, दिलिप पाहिम, भीमराज पाहिम, भीमसागर लिम्बू गगा फियाक, मनु थक्लुङ, पुष्पा लिम्बू खेवालगायतलाई देख्न सकिने निर्देशक लोकेन साँवाले जानकारी दिएका छन् । भिडियोलाई इशाक जबेगुले छायांकन गरेका हुन् ।

अहिले सम्पादनमा रहेको भिडियो यसै हप्ताभित्र तमर फिल्म्स् युट्युवमार्फत सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ । नयाँ अनलाइन बाट



