कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बू मातृभाषाको गीत ‘युप्पारुङ्’को म्युजिक भिडियो छायांकन सम्पन्न

फेदेन १९, असोज ‘युप्पारुङ’ नामक लिम्बू भाषिक गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । नाम्फुन्यक (लब्रेकुटी),तिलिजङ (सिलाउटी),थाक्के माङहिम (थाक्ले मन्दिर),सुम्हा?लुङ,साधुटार,मिलुङ झरना लगायत पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थलहरु छायांकन भएको म्युजिक भिडियोको छायांकन सञ्जय आचार्यले गरेका हुन भने सागर केरुङ्ले निर्देशन गरेका हुन ।

भिडियोमा अमृता जबेगु,आदर्श आङ्देम्बे,रामचन्द्र नेम्बाङ,नोगेन हाङ्सरुम्बा,मनेन्द्र केरुङ,मनकुमार केरुङ,लक्ष्मण तामाङ,धनकुमारी योङ्हाङ लावती,बिक्रम राई,नरबहादुर लावती रहेका छन ।

प्रेम पन्धाकको शब्द/संगीत रहेको उक्त गीतमा सुनिता सुब्बा र किरन एक्तेनको स्वर रहेको छ । उक्त भिडियो केहिदिनमा युटुबमा सार्वजनिक हुने निर्देशक केरुङ्ले बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार