
काठमाडौं । अनसनरत डा.गोविन्द केसीले अनसन तोडेका छन्। शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा १९ औं अनशन अन्त्य गरेका हुन् ।
शनिबार मध्यरातपछि सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच आइतबार बिहान अनसन तोडेका हुन्। बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए।
डा. केसीले ६ बुँदे माग राखेर जुम्लाको मन्दिरमा भदौ २९ गते अनशन सुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा अनशनरत सत्याग्रही डा।गोविन्द केसीलाई नेपालगन्ज हुँदै असोज ६ गते काठमाडौं ल्याइएको थियो ।

सत्याग्रहको २४औं दिन अर्थात् गत बुधबार सरकारले वार्ता समिति बनाएको थियो । अनसन तोडेपछि डा केसीलाई आइसियुमा भर्ना गरिएको छ।
सहमति





