कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

थप दुई हजार ७१ जनामा कोरोना संक्रमण, एक हजार ५५२ संक्रमित निको

काठमाडौं, २५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ ५५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिए ।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ५५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा ७५ हजार ८०४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार