कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

काठमाडौंको टोखामा अपरिचित व्यक्तिको छुरा प्रहारबाट युवकको मृत्यु

काठमाडौं, १४ कार्तिक । काठमाडौंको टोखा नगरपालिका–५ मा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ ।

धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

अहिले वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार