कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

थप ३३ सय ९ जनामा कोरोना संक्रमण, ३८ सय ४४ जना निको

काठमाडौं, १९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै पछिल्ल्लो २४ घण्टामा ३ हजार ८४४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या एक लाख ४४ हजार ८७८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार