राजेश पायल राई र सुनिता थेगिमको एकबारको जोबनको भिडियो सार्वजनिक

इतिहास तथा याक्थुङ (लिम्बु) मुन्धुम सम्वन्धी लामो खोज-अनुसन्धानमा लाग्नु भएका “हिलिहाङ फाउण्डेशन” तथा “हिलिहाङ लिम्बुवान अनुसन्धान केन्द्र” का संस्थापक तथा कार्यकारी अध्यक्ष:-हर्कबहादुर योङहाङ लिम्बु पछिल्लो समयमा सहित्यकारका रुपमा समेत दखल राख्नु हुन्छ। वहाँले रचेका शब्द/रचनाहरु निकै दम्दार भएर बजारमा आएका छन।

करिव एक दर्जन बढी कविता गीतहरु लेखि सक्नु भएको छ।जति पनि लेख्नु भएको छ ति सब बजारमा ओजन्दार भएर आएका छन,दर्शकले मन पराएका छन।वहाँको खुबि या के भनौ एउटा गीत तयार पार्न बढिमा एक दुई घण्टा लाग्छ। वहाँ सबै खाले गीत आधुनिक लोक-आधुनिक पुर्वेली लोक भाका दोहोरी गीत सामाजिक सन्देश मुलक तथा लिम्बु यालाङ पालाम हाक्पारे ख्याली सबै विधामा कलम चलाउनु हुन्छ। वहाँको अहिले सम्ममा जम्मा तिन वटा पुस्तक समेत प्रकाशन भईसकेको छ प्रकाशनमुखको तयारीमा समेत छ।

अन्य फुटकर कृतीहरु तथा राष्ट्रिय दैनिक पत्रिकाहरुमा थुप्रै लेख/रचना र अन्तरवार्ताहरु टेलिभिजनहरु आइसकेका छन। भर्खरै एक साथ दुई याक्थुङ यालाङ पालाम चारआनी पालाम र नेपाली गीत आएका छन जुन बजारमा निकै चर्चा छ। लिम्बु पालाम गीतमा नायक तथा गायक रुक्मान लिम्बु र लिम्बु आइकनको रुपमा आएकी पालामकी स्वरकी परी तिर्सना नेम्बाङले गाएका छन भने नेपाली गीत “एकैरातमा माया बस्यो मैले हिडाए,मन मिल्यो साथ पाए मैले के बिराए” नामको गीत वहुचर्चित गायक राजेश पायल राई र चर्चित गायिका सुनिता थेगिमले गाएकि छन।

भिडियो हेर्न यो Link क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=xUVdgjNFkoo

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार