नेकपाको सचिवालय बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

यस अघि प्रधानमन्त्री ओलीले बैठकमा सहभागी नहु्ने अडान लिएका थिए । प्रधानमन्त्री ओली बैठकका लागि तयार नभए पनि बालुवाटारमै बैठक राख्ने चेतावनी बहुमत सचिवालय सदस्यहरूले दिएका थिए।

तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

अर्का कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेज राजनीतिक प्रस्ताव राखेपछि प्रधानमन्त्री ओली आक्रोशित भएका छन् । प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता नभए बैठकमा नबस्ने अडान लिएका थिए । तर दबाबपछि ओली बैठकमा सहभागी भएका छन् । नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent