कमेडियन भारतीलाई आज अदालत उपस्थित गराइँदै

मुम्बइ। घरमा लागूऔषध राखेको अभियोगमा पक्राउ परेकी कमेडियन भारती सिंहलाई आज अदालतमा उपस्थित गराइँदैछ । शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले भारतीलाई गिरफ्तार गरेको थियो । शनिबार भारतीको मुम्बइमा रहेका तीन घरमा छापा मार्ने क्रममा एनसीबीले गाँजा बरामद गरेपछि उनलाई गिरफ्तार गरेको हो । भारतीलाई शनिबार राती एनसीबी कार्यालयमै राखिएको छ । आइतबार उनलाई अदालत उपस्थित गराइँदैछ ।

एनसीबीले भारतीको घरका कर्मचारी र व्यवस्थापन कर्मचारीसँग सोधपुछ गरिरहेको छ । उनीहरुले लागूऔषध मगाउने स्रोतबारे पनि खुलासा भएको बताइएको छ । भारतीको घरबाट ८६.५ ग्राम गाँजा बरामद भएको बताइएको छ । एनसीबीका अनुसार भारती र उनका श्रीमान हर्ष लिम्बाचिया दुवैले गाँजा सेवन गर्ने कुरा स्वीकार गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent