‘अतीतको बगैचामा एकदिन’ मर्मस्पर्शी भिडियो सार्वजनिक

निरन्तर बगिरहेछ खोलापुलमुनि
निरन्तर बगिरहेछु म पुलमाथि
सायदबग्नुको नाम नै जिन्दगीहो
सायदबाँच्नुको नाम नै जिन्दगीहो

शरणार्थी शिविर जहाँ मैले समस्याचिने
जहाँ मैले दुःखचिने, जहाँ मैले अभावचिने
आफन्तचिने, पराई चिने
भन्नै पर्दा मैले आफैले आफैलाई चिने

शरणार्थी शिविर उत्साहको कुलागाँङग्रीथियो
आत्मियताको सुनकोस थियो
मनको प्रेमिलगाउँथियो
जहाँ केहीथिएन तर सबथोक थियो

मेरा सपनाहरु सधै यही माटोमा रमाउँछन्
मेरो स्मृतिहरु सधै यही बाटोमा रमाउँछन्

यहीकविताको पहिलो हरफसँगै शुरु हुन्छ ‘अतीतको बगैंचामा एक दिन’नामकभिजुअल स्टोरी । २७मिनेट ३४ सेकेन्ड लामो भिजुअल स्टोरी एक पुर्व भूटानी शरणार्थी हाल अमेरिकननागरिक मनरथ पोख्रेलको एकदिनको सामान्यकथामाआधारित छ । झापा र मोरङमाअवस्थित सातवटा शरणार्थी शिविरहरु थिए । त्यहाँका सारा युवाहरुलाई शिक्षा, सृजनशिलतामाकामगर्ने क्यारितास अन्तर्गत भातृ संस्थायुवा मैत्री केन्द्रमाकार्यक्रम सहायकभएर लामो समयसम्मकाम गरे ।

‘मेडिया नेटवर्क भूटान’ नामकव्यक्तिगत संस्थावाट पनिउनले शिविरभित्र र शिविर बाहिरका स्थानीययुवाहरु माझ सृजनशिलताकालागि एक दशकभन्दा बढी समय काम गरे । तिनै पोखरेल आठ बर्षअघि शरणार्थीहरुको तेस्रो देश पुनर्वास अन्तर्गत अमेरिकागए । अमेरिकापुगे पछि उनी फेरि नेपाल घुम्न आए । त्यहीमौकामाउनीआफुले विगतमाबाँचेको शरणार्थी शिविरहरु घुम्न गए । गोल्धाप, खुदुनाबारी, टिमाई, बेल्डागी १, मात्र खण्डहर थिए ।

बेल्डागी २, ३ र शनिश्चरे शिविरमामात्र केही छाप्राहरु छन् ।लाखौं आफन्तहरुसँग बाँचेको बिगत सम्झिए । हरेक ठाउँ पिच्छे साथीहरु सम्झिए । कहिभावुकभए, कहिआवेगमाआए । उनको त्यहीएकदिनको यात्राकथा नै ‘अतीतको बगैचामाएकदिन’बन्नपुग्यो । प्रकाशआङदेम्बेले भिजुअल आइडिया र त्यसकालागिकविता लेखे । अनिल सुब्बाले कवितामा स्वर हाले । दिलन समालकातस्वीरहरु समेटिए । जेडीतमुले क्यामरा, सम्पादन र निर्देशन गरे । यसलाई द नेसेन्स फेलाङस्स र लाइनक्रस मुभिजले प्रस्तुतिदिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent