
पुर्वेली गित सिन्दुर साक्षी छ बोलको गित को सुटिङ सम्पन्न भएको छ। शिबसंगम राईको शब्द,संगित रहेको उक्त गितमा राजेन्द्र केरुङ,बिजय फागो,उषा राई र उपाश्ना पोख्रेलले स्वर दिएका छन। बिनेश राई को सङित संयोजन,रेकर्डिङ तथा मिक्सिङ शुन्दर लामाले गरेका छन । उक्त भिडियोमा अहिलेका चर्चित मोडल तथा डान्सर सुधिर श्रेष्ठ र बिमला खजुम को मुख्य अभिनय देख्न सकिनेछ भने टेक नाछिरिङ , लक्ष्मण मिसन कार्की, बिरेन्द्र केरुङ ले सहायक भुमिकामा साथ दिएका छन।

मिङ्मा शेर्पाको सिनेमाटोग्राफी ,पेम्बा शेर्पा,रमेश पुर्जा मगरले छाँयाकार को रुपमा सहयोग गरेका छन भने शंकर बराल को शृङ्गार रहेको छ। काठमाडौंको साँखु,पालुबारी क्षेत्रमा छायाङकन गरिएको उक्त भिडियोमा कथाबस्तु र निर्देशन अहिलेका ब्यस्त निर्देशक दुर्लभ जन्तरे ले गरेका छन। लाखौं नेपालीहरु अभाव,पिडा, बेरोजगारीका कारण बिदेशिनु पर्ने बाध्यतात्मक परिस्थिती बर्षौदेखी भोगिरहेका छौँ । सात समुन्द्रपार आफ्नो मायालु,घरपरिवार सँग छुट्टीएर बस्नुपर्दाको पिडालाई अत्यन्तै कलात्मक ढङ्गले भिडियोमा उतार्न खोजिएको छ।

आम नेपाली हरुको वास्तविक जिवनकथा बोकेको गित करिब ७ बर्ष अघि नै सार्वजनिक भईसकेको थियो।। अडियोको रुपमा रहेको गित लाखौं श्रोताहरुले अत्यधिक मन पराउनुभएको र भिडियोको माग आएकोले ढिलै भए पनि बनाईएको निर्माण टिम ले जानकारी दिएका छन।

अडियो ले लाखौं दर्शक श्रोता हरुको अपार माया पाएकोले भिडियोलाई पनि उत्तिकै मन पराउनेमा भिडियो टिमको अपेक्षा रहेको छ। FALELUNG TV को प्रस्तुती मा बन्न लागेको उक्त भिडियो लाई अबको एक हप्ता भित्रै सोही च्यानलमा हेर्न सकिनेछ। सुबास थेगिम हाङ्सरुम्बा ले निर्माण मा सहयोग गरेका छन।



