कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

श्वेतासँग विवाह बन्धनमा बाधिँए गायक आदित्यनारायण (तस्बिरसहित)

काठमाडौं । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा आज विवाह बन्धनमा बाधिँएका छन् । लामो समयदेखी प्रेमसम्बन्धमा रहेकी श्वेता अग्रवालसँग उनले मंगलबार विवाह गरेका हुन् । 

wedding.png

चर्चित गायक उदित नारायण तथा गायिका दीपा झाका एक मात्र छोरा आदित्यले श्वेतासँग विवाह गरेका हुन् । मंगलबार सम्पन्न उक्त विवाहका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

aditi.PNG

विवाहको दिन आदित्य क्रीम कलरको शेरवानीमा सजिएका थिए भने श्वेता गुलाबी र क्रीम कलरको लहंगा लगाएकी थिइन् । 

wedding5_ERVOMwOdYx.png

भारतिय मिडियाका अनुसार विवाहको भव्य रिसेप्सन पार्टी आज आयोजना भएको छ। रिसेप्सन पार्टी मुम्बईको एक फाइभ स्टार होटलमा हुने बताइएको छ ।

wedding.png
wedding2_eCjiKQO1Q6.png
sweta.PNG

क्यानाडा नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार