चलचित्र ‘फुङ्वामा’ युट्युवमा सार्वजनिक

लिम्बू चलचित्र ‘फुङ्वामा’ युट्युवमा सार्वजनिक भएको छ ।

याक्थुङ फिलिम्स प्रा.लि.को निर्माण रहेको लिम्बु संस्कृतमा आधारित कथानक चलचित्र ‘फुङ्वामा’ ‘याक्थुङ फिलिम्स’ युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो ।

चलचित्रमा प्रेम सुब्बा र सोभा खजुम मुख्य भुमिकामा छन् । अन्य कलाकारहरु अभिषेक केरुङ, मिरा जबेगु, डीआर हाङ्सुरुम्बा, कमल खजुम, सोम केरुङ, सुवास केरुङ, सुभानसिंह केरुङ, आस्था जबेगु, शान्ति वनेम फागो, नरेन्द्र केरुङ, बिना थाम्सुहाङलगायत छन् ।

चन्द्र माङ्मुको लेखन रहेको उक्त चलचित्रलाई अरुण प्रधानले संवाद, सम्पादन, निर्देशन गरेका हुन् ।

प्रेम पन्धाकको संगीत र लिलाराज जबेगु गायिका मनु नेम्बाङले स्वर रहेको चलचित्र संगीतप्रधान पनि रहेको छ ।

चलचित्रमा टिकाहाङ जबेगु, सागर केरुङ, याम कुरुम्बाङको संयुक्त लगानी रहेको छ । नयाँ अनलाइन बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार