राजकुमार लिङ्देनद्वारा अभिनित ‘सारङ्गीको स्वर मिठो ’ सार्वजनिक

 गायक तथा नायक राजकुमार लिङ्देनद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सारङ्गीको स्वर मिठो गहना…’ बोलको गीत सार्वजनिक भएको हो ।

विमल गौतम र कमला नेम्बाङको स्वरमा रहेको पूर्वेली लोकलयमा आधारित गीतमा राजकुमारले अभिनय गरेका हुन् । लिङ्देनलाई निरु फत्रले अभिनयमा साथ दिएकी छिन् ।

एल्बम पर्खिबसेको छु नि… बाट लिइएको गीत विरु लिङ्देनले रचना गरेका हुन् । किरण एक्तेनको संगीत, श्रीकृष्णको छायांकन, पाथीभरा फिल्मस्को सम्पादन, भीम लिङ्देन र तीर्थ गिरिको निर्माण तथा प्रमाणु प्रधानको निर्देशनमा भिडियो तयार भएको हो ।

शिक्षण, गायन, अभिनयदेखि चलचित्र निर्माणको बाठोमा राजकुमार

गायन पृष्ठभूमिका राजकुमारले वि.सं. २०५० सालदेखि रेडियो नेपालबाट गीत गाउन थालेका हुन् । स्वर परिक्षा उतीर्ण भएपछि ‘पारी वनघारी कराउँछ चरी मन उडाई….’ बोलको गीत गाएर गायन क्षेत्रमा होमिएका थिए । करिब दुई दर्जनजति गीत रेकर्ड गराएका उनको ‘कठै के संसार’ (२०५२, म्युजिक नेपाल) एल्बम निकालेका छन् र चलचित्र आनी साक्थिममा पनि गीत गाएका छन् ।

अभिनय क्षेत्रमा पनि अगाडि आएका लिङ्देनले ‘अपराधी को हो ?’, ‘एक प्रहर’, ‘शस्त्र’, ‘अम्लारी फुङ’, ‘कावेली’, ‘पायल’, ‘तलास’, ‘कान्छा’ (लघुचलचित्र)मा अभिनय गरेका छन् । त्यसैगरी नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘घर परिवार’ सिरियलमा एक वर्ष अभिनय गरेका थिए ।

एक दर्जनजति म्युजिक भिडियोमा अभिनय गरेका राजकुमारले काठमाडौं आउनसाथ शिक्षण पेशामा आवद्ध भएका थिए । त्यसपछि माधुरीमा कला मन्दिरमा संगीत सिकेपछि सुदेश्ना कला मन्दिर (संगीत विधा) चलाए ।

यस क्षेत्रमा लामो समय बिताएका राजकुमार हाल सेवारो फिल्मस्मार्फत चलचित्र ‘सैमुन्द्री’ बनाउने तयारीमा छन् । नयाँ अनलाइन बाट

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent