कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

चीनले भन्यो, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, सबै दलसँग मित्रवत सम्बन्ध छ’

काठमाडौं, १३ पुस । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा आफूहरु दृढ रहेको बताएको छ ।

संसद विघटनपछि निम्तिएको राजनीतिक संवैधानिक संकटमाझ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधिमण्डल काठमाडौंमा शीर्ष नेताहरुसँगको भेटघाटमा सक्रिय छ । सो भ्रमणबारे टिप्पणी गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचेनले चीन अहस्तक्षेपका सिद्धान्तमा प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले महामारी रोकथाम, शासन सञ्चालन तथा विकास परियोजनामा सहकार्यका विषयमा छलफल गर्न चिनियाँ टोलीले नेपाल भ्रमण गरेको बताएका छन् ।

‘चीनियाँ कम्युनिष्ट पार्टी स्वतन्त्रता, पूर्ण समानता, आपसी सम्मान र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त मान्छ,’ चाओले सोमबारको नियमित पत्रकार सम्मेलनमा भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका सबै प्रमुख राजनीतिक दलसँग समान र मित्रवत् सम्बन्ध कायम राखेको छ ।’ चाओले आपसी राजनीतिक विश्वास बढाउन, व्यवहारिक सहकार्यलाई प्रबद्र्धन गर्न तथा दुई मुलुकबीच मित्रता बढाउन चीनले सकारात्मक भूमिका खेलेको बताएका छन् ।

नेपाल–चीन सम्बन्धलाई अगाडि बढाउन चिनियाँ कम्युनिष्ट पार्टी नेपालका सबै दलहरुसँग मिलेर काम गर्न तयार भएको पनि उनले बताए । आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँग भेट गरेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार