केपीले बाजी हार्नुभयो, हामीले जितिसक्यौं- प्रचण्ड

काठमाडौं, १३ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बाजी हारेको र आफूहरुले जितेको दाबी गरेका छन् । उनले ओली इतिहासकै कलंकित प्रधानमन्त्री भएको टिप्पणी गर्दै आफूहरु जनताको माझबाट उठेर फेरि चुनाव जित्ने दाबी गरे ।

‘केपीले बाजी हारिसक्नुभयो, हामीले बाजी जितिसक्यौं,’ आज पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडाको जनसांस्कृतिक महासंघ नेपालको प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने,‘हामी जनताको बीचमा गएका हौं, पछि चुनाव पति जित्छौं ।’ ओलीले प्रतिनिधिसभा बिघटनका लागि कदम चालेर कलंकित हुने काम गरेको प्रचण्डको तर्क थियो ।

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गर्ने आशा व्यक्त गरे । उनले भने,‘संविधानमा प्रष्टसँग लेखिएको प्रावधान अदालतले नबुझ्ने भन्ने नै हुँदैन ।’ अदालतप्रति आफूहरुको विश्वास रहेको प्रचण्डको भनाई थियो । ओलीले आवेगमा आएर संसद बिघटन गरेको बताए ।

तीनजना प्रधानमन्त्रीलाई ओलीको कदमले सडकमा पुर्याएको विषय उठिरहादा प्रचण्डले सडकमा नपुगेको तर्क गरे । उनले भने,‘हामी सडकमा नभई जनताका बीचमा पुगेका हौं ।’ ओलीले निरन्तर पेलेर कुनामा पुर्याएको र अहिले जनतामाझ पुर्याएको बताए । उनले भने,‘यसका लागि केपीजीलाई धन्यवाद ।’-फाइल तस्बिर

रीपोटर्स नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent