८२ जिल्ला इन्चार्जमध्ये ५७ जना प्रचण्ड-नेपाल पक्षमा (सूचीसहित)

नेकपाका भूगोलमा ७७ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेका ५ कमिटी सक्रिय छन्। ती जिल्लामा केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज तोकिएको छ। जसले जिल्ला र केन्द्रको नेतृत्वबीच सेतुको काम गर्छन्।

नेकपामा दुई समूह विभाजन भएसँगै जिल्ला इन्चार्ज पनि बाँडिएका छन् र तीमध्ये अहिले धेरैजसो इन्चार्ज जिल्लाको गतिविधिमा संलग्न छन्। ८२ जिल्ला इन्चार्जमध्ये ५७ जना प्रचण्ड-नेपाल पक्षमा छन् भने २२ जिल्ला कमिटीका इन्चार्ज ओली समूहतर्फ खुलेका छन्।

ncell

२ जिल्ला कमिटीका इन्चार्ज कतै पनि खुलेका छैनन्। नुवाकोट जिल्लाको इन्चार्ज पद खाली छ। यसअघिका इन्चार्ज महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूतमा नियुक्त भएपछि रिक्त भएको हो।

बर्दियाका इन्चार्ज लक्ष्मण ज्ञवाली उपाध्यक्ष वामदेव गौतमनिकट छन्। पार्टी एकताका लागि गौतमले चाल्ने कमदप्रति समर्थन जनाउँदै उनी कुनै पक्षका भेलामा पनि गएका छैनन्। त्यसैगरी कञ्चनपुरका इन्चार्ज विक्रम शाही पनि कतै खुलेका छैनन्। विगतमा उनी ओली नजिक थिए।

‘संसद विघटन गरेको विषय चित्त बुझेको छैन। यसले देशमा अस्थिरता ल्याउँछ भन्ने लागेको छ,’ शाहीले नेपालखबरसँग भने, ‘मन परेका मानिस एकातिर भए र मेरो धारणा अर्कातर्फ भयो। त्यसैले कसैका भेला/बैठकमा सहभागी भएको छैन।’

प्रदेश १
प्रदेश १ का १४ जिल्ला र जिल्ला कमिटीको हैसियतको महानगर कमिटी छन्। १५ जना इन्चार्जमध्ये प्रचण्ड नेपाल-पक्षमा १४ जना देखिएका छन भने ओलीतर्फ एक जना मात्रै देखिएका छन्। खोटाङका इञ्चार्ज विशाल भट्टराई मात्र ओली समूहमा लागेका हुन्। त्यसैगरी जिल्ला इन्चार्जमा पनि प्रचण्ड-नेपाल समूहको वर्चश्व देखिएको छ ।

प्रचण्ड-नेपाल समूह (१४)
ताप्लेजुङ : भाष्कर काफ्ले
पाँचथर : इन्द्र आङ्बो
इलाम : धिरेन शर्मा
झापा : रविन कोइराला
मोरङ : घनेन्द्र बस्नेत
सुनसरी : धर्म निरौला
धनकुटा : हेमराज भण्डारी
तेह्रथुम : जयन्ती राई
भोजपुर : सुदन किराँती
संखुवासभा : राजेन्द्रकुमार राई
सोलु : हेमकुमार राई
ओखलढुगा : यज्ञराज सुनुवार
उदयपुर : बलदेव चौधरी
विराटनगर महानगर : शिवनारायण मण्डल

ओली समूह (१)
खोटाङ : विशाल भट्टराई

प्रदेश २
प्रदेश नम्बर २ को जिल्ला कमिटीको पदाधिकारीमा जस्तै जिल्ला इन्चार्जहरुमा पनि प्रचण्ड नेपाल समूहको बर्चश्व देखिएको छ । नौ वटा जिल्ला कमिटी मध्ये ७ वटा जिल्ला इन्चार्जले प्रचण्ड नेपाल पक्षलाई साथ दिएका छन् भने २ जना ओलीतर्फ छन्।

प्रचण्ड-नेपाल समूह (७)
सप्तरी : रामप्रित पासवान
धनुषा : जोगबहादुर बर्बरिया यादव
महोत्तरी : राजु खड्का
सर्लाही : डाचाराज वाग्ले
रौतहट : युवराज भट्टराई
पर्सा : नागेन्द्र चौधरी
वीरगन्ज महागरपालिका : दिनेश राई

ओली समूह (२)
सिराहा : लीलानाथ श्रेष्ठ
बारा : वलवीरप्रसाद चौधरी

बाग्मती प्रदेश
बागमतीमा ३ महानगर कमिटीसहित १६ वटा जिल्ला इन्चार्ज छन्। जसमा जसमा प्रचण्ड-नेपाल पक्षमा १४ जना र ओलीतर्फ १ जना छन्। एक जिल्ला कमिटीको इन्चार्ज खाली छ।

प्रचण्ड-नेपाल समूह (१४)
चितवन : कृष्ण खनाल
मकवानपुर : विरोध खतिवडा
धादिङ : शालिकराम जमकट्टेल
रसुवा : विमला सुवेदी
सिन्धुपाल्चोक : कृष्ण सापकोटा
दोलखा : देवी खड्का
रामेछाप : देवशंकर पौडेल
सिन्धुली : विषमलाल अधिकारी
भक्तपुर : दीलिपकुमार प्रजापति
ललितपुर : हरि दाहाल
काठमाडौं : सावित्री भुसाल
भरतपुर महानगरपालिका : रेणु दाहाल
ललितपुर महानगरपालिका : सुशीला नेपाल
काठमाडौं महानगरपालिका : जीवनराम श्रेष्ठ

ओली समूह (२)
काभ्रे : गोकुल बाँस्कोटा

खाली (१) 
नुवाकोट : खाली

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा प्रचण्ड नेपार ओली पक्ष बराबर इन्चार्ज रहेका छन्। दुवै पक्षमा ६-६ जना इन्चार्ज देखिएका छन्।

प्रचण्ड-नेपाल समूह (६)
गोरखा : कृष्णप्रसाद धिताल
तनहुँ : हरिबहादुर चुमन
कास्की : राजकाजी गुरुङ
पर्वत : गुप्तबहादुर ठकुरी
बाग्लुङ : वलवती शर्मा
मुस्ताङ : श्रीमाया थकाली

ओली समूह (६)
लमजुङ : मायानाथ अधिकारी
स्याङ्जा : पद्मा अर्याल
मनाङ : रामशरण बस्नेत
म्याग्दी : भूपेन्द्र थापा
नवपरासी पूर्व : तिलक महत
पोखरा महानगरपालिका : मानबहादुर जिसी

लुम्बिनी प्रदेश
लुम्बिनीमा १२ वटा जिल्ला कमिटीका इन्चार्ज मध्य एक जना तटस्थ देखिएका छन्। ६ जिल्ला कमिटीका इन्चार्ज प्रचण्ड-नेपाल समूहमा छन भने ५ जनाले ओलीलाई साथ दिएका छन् ।

प्रचण्ड–नेपाल समूह (६)
कपिलवस्तु : गिरिधारीलाल न्यौपाने
पाल्पा : सोमप्रसाद पाण्डेय
गुल्मी : दिनेश पन्थी
प्युठान : कृष्णध्वज खड्का
दाङ : जीवन गौतम
रोल्पा : दीपेन्द्र पुन

ओली समूह (५)
नवलपरासी पश्चिम : वैजनाथ चौधरी
रुपन्देही : लिला गिरी
अर्घाखाँची : नजिर मियाँ
रुकुम पूर्व : खेममान खड्का
बाँके : दिनेश यादव

तटस्थ (१)
बर्दिया : लक्ष्मण ज्ञवाली

कर्णाली प्रदेश
कर्णाली प्रदेशका जिल्ला इन्चार्जमा प्रचण्ड-नेपाल समूहकाे संख्या बढी छ। जसमा ६ जना प्रचण्ड-नेपाल समूहमा छन भने ४ जना मात्र ओलीतर्फ। 

प्रचण्ड-नेपाल समूह (६)  
सुर्खेत : नरबहादुर विष्ट
कालिकोट : महेन्द्रबहादुर शाही
जुम्ला : गजेन्द्रबहादुर महत
हुम्ला : विजय भण्डारी
सल्यान : टेकबहादुर बस्नेत
रुकुम पश्चिम : राजकुमार शर्मा

ओली समूह (४)
दैलेख : लक्ष्मीप्रसाद पोखरेल
जाजरकोट : भैरवसुन्दर श्रेष्ठ
मुगु : मोहन बानियाँ
डोल्पा : हंशबहादुर शाही

सुदूरपश्चिम प्रदेश  
सुदुर पश्चिममा भने दुवै पक्षको संख्या बराबरी छ। लामो समयदेखि ओली निकट रहेका एक जिल्ला इन्चार्ज कतै नखुलेपछि दुवैतर्फ इन्चार्जको संख्या बराबरी भएको हो।

प्रचण्ड-नेपाल समूह (४)  
बैतडी : नरेन्द्रप्रसाद कुँवर
डडेलधुरा : खगराज भट्ट
कैलाली : रुपा चौधरी
अछाम : तारामान स्वाँर

ओली समूह (४)
दार्चुला : गणेश ठगुन्ना
डोटी : प्रेम आले
बाजुरा : लालबहादुर थापा
बझाङ : भैरवबहादुर सिंह

तटस्थ (१)
कञ्चनपुर : विक्रम शाही 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent