थाङ्साङ लावतीकृत ‘परम बिज्ञान’ भब्य कार्यक्रमको साथ विमोचन

पाथिभरा च्यानल – मुन्धुम अध्येता थाङ्साङ लावतिद्वारा लिखित “मुन्धुम परम बिज्ञान” नामक कृतिको बिहीवार चुम्लुङ्हिम ललितपुरमा बिमोचन सम्पन्न भएको छ । याक्थुङ लेखक संघ उपत्यका समितिको आयोजनामा सम्पन्न कार्यक्रममा राजनैतिक बिश्लेशक तथा लेखक युग पाठक,प्राध्यापकहरु बालकृष्ण माबुहाङ,अमर तुम्याङ,टंक सेलिङ,किरात याक्थुङ चुम्लुङ अध्यक्ष योगराज वनेम र डिबि आङ्बुङले किताबमाथी टिप्पणी गरेका थिए ।

कार्यक्रममा डा.चन्द्रकुमार शेर्मा,लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोबिन्द आङ्बुङ,नेता खगेन्द्र माखिम,कवि बिमला तुम्खेवा,लेखक तथा चलचित्र कर्मी सागर केरुङ र पदम चेन्जी माबोले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार