आर बी योङ्हाङको ‘आमाको माया’ गीतको भिडीयो छायांकन सम्पन्न

गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न पान्थरको साधुटार,लब्रेकुटी,पौवा,राके,इलामको आमचोक लगायत विभिन्न ठाउमा छायांकन भएको गीतमा पिआर्यन लिम्बू,सुस्मिता आङ्खेवा लिम्बू,सरु लुङ्फुङ्वा,आयाम थेगिम लगायतले अभिनय गरेकाछन ।

राकेश ओलिको संगीत,कृष्णभक्त राइको स्वर,नरेश राइको छायांकन,सन्दीप योङ्हाङ्को ब्यवस्थापन,बिष्णु लिम्बू र चन्द्रबहादुर लिम्बूको निर्माण रहेको छ भने उक्त गीत सागर केरुङ्ले निर्देशन गरेका हुन । सञ्जय आचार्यले सम्पादन गर्ने उक्त गीत केहिदिनमै मेरिकल अनलाइन टिभी बाट सार्वजनिक हुने ब्यवस्थापक सन्दीपले बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार