देश र जनताविरुद्ध फैसला भए आन्दोलन हुन्छ : प्रधानमन्त्री

विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको मुद्दामा देश र जनताकाविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन् ।

आज (शनिबार) आफूले नेतृत्व गरेको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि सशक्त रुपमा अगाडि बढ्ने बताए ।

सर्वोच्च अदालतलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यदि कहीं कुनै प्रकारको जालझेल, षड्यन्त्र टिकडम, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौ ।’

उनले नेकपाको आधिकारित र सूर्य चिन्ह आफूहरुले नै पाउने दावी गरेका छन् । उनले अरुले जित्ने कुनै कारण नभएका कारण आफूहरुको विजय सुनिश्चित भएको दावी गरे । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए । ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न’, उनले भने ।

उनले प्रतिनिधि सभा पुनर्स्थापना हुने भयो सांसद किनबेच, सरकार बनाउने–ढाल्ने खेल हुने र लोकतन्त्रलाई कमजोर हुने बताए । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले देशभर भएका सभा, संविधानको मर्म र भावना हेरेर विश्लेषण गर्ने बताए । नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार