प्रचण्ड–नेपाल समूहको विजय जुलुस सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको विजयी ¥याली सुरु भएको छ । सर्वोच्च अदालतले संसद् विघटनको कदम बदर गरेको खुसीयालीमा नेकपाले आज देशैभर र्‍यालीको आयोजना गरेको छ ।

राजधानीको शान्तिवाटिकाबाट निस्किएको र्‍याली जमल, दरबारमार्ग, जयनेपाल हल हुँदै राष्ट्रियसभागृहतर्फ अघि बढेको छ । जुलुसमा ‘सर्वाेच्च अदालत हाई हाई’, ‘नागरिक समाज धन्यवाद’, ‘यो जित कसको जनताको’, ‘सर्वाेच्च अदालतले के गर्‍यो, संविधान र लोकतन्त्रको रक्षा गर्‍यो’लगायतका नारा लगाइएको छ ।

राष्ट्रियसभागृहअगाडि पुगेर विजय जुलस सभामा परिणत हुने जानकारी दिइएको छ । सभालाई उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent