एक व्यक्तिको सनकको भरमा देश चल्दैन भन्ने सार्वोच्चले प्रमाणित गर्यो : नेता आङ्बो

प्रचण्ड(नेपाल समुहको (नेकपा) नेता तथा प्रदेश १ का सांसद इन्द्रबहादुर आङ्वो ‘मौसम’ले एक व्यक्तिको सनकको भरमा देश संचालन हुन नसक्ने प्रमाणित सर्वोच्च अदालतले पुष्टि गरेको बताउनु भएको छ ।

प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका नेता आङ्बोले सर्वोच्चको फैसलाले सम्पूर्ण नेपाली खुसी भएको समेत प्रतिकृया दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘आजको फैसलाले सबै नेपाली खुसि भएका छन्, एक व्यक्तिको सनकका भरमा देश नचल्ने भनेर सर्वोच्चले प्रमाणित गर्यो।’

उहाँले संसद पुनर्थापना हुनु सत्य, न्याय र संविधानको जीत भएको बताउनु भयो । अब प्रतिगमनबिरुद्ध लडेका पार्टीहरुबीच सहकार्य र सहमतिबीच सरकार गठन हुने उहाँको भनाइ छ ।

उहाँले सर्वोच्च अदाल, प्रधानन्यायाधीश र न्यायाधीशहरुप्रति सम्मानसहित धन्यवाद दिन चाहेको बताउनुभयो

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार