किशोर सुब्बाको काश जिन्दगी भब्य कार्यक्रमको साथ बिमोचन ( भिडियो सहित )

 मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरुको भाषा नभएको, सम्पूर्ण नेपालीहरुको सम्पर्क भाषा हो, भनेका छन् । बिहिबार अनामनगरस्थीत पाना क्याफेमा किशोर सुब्बाद्वारा लिखित कविता सङ्ग्रह ‘काश जिन्दगी !’ लोकार्पण गर्दै सो कुरा बताएका हुन् । भाषाहरु बन्ने क्रममा परिस्कृत र परिमार्जित हुने बताउँदै खस भाषा जुम्लामा कसरी बोलिने र नेपाली भाषा कसरी बोलिने कुरा स्थलगत जानकारी लिँदा प्रष्ट हुने मुकारुङको भनाई थियो ।

मुकारुङले किशोर सुब्बाको कवितालाई अब्बल सौन्दर्यको प्रतिक मान्न सक्ने सङ्ग्रहको रुपमा औंल्याएका थिए । चलचित्रकर्मी समेत रहेका सुब्बाले साहित्य लेख्दा चलचित्रको सौन्दर्यमा निखार आउने पनि बताएका थिए ।

साहित्यकार, मुन्धुमविद् यासेली योङहाङले किशोर सुब्बाका कवितामा सबै खाले विचारलाई समेट्नुका साथै जिन्दगीका सबै भोगाईलाई सङ्ग्रहित गरेको बताएका थिए । चलचित्रक्षेत्रमा रहँदा पनि साथै रहेको, साहित्यक्षेत्रमा रहँदा पनि साथै रहेकोले दुःखसुखकै साथी/दाई मान्ने कुरालाई जोड्दै सँधै सक्रिय रहनसक्नु नै सुुब्बाको विशेषता रहेको बताएका थिए ।

सुब्बाबारे देवेन्द्र खापुङ सुर्केली, कुल्वा सुब्बा, लोकेन साँवा, पूर्व प्रमुख जिल्ला अधिकारी तथा इतिहासकार भगिराज इङ्नाम, सिर्जना राई, अर्जुन लिम्बु, सञ्जय राई छुच्चाले चर्चा गरेका थिए । दर्जनौ चलचित्रको लेखन निर्देशन र मेरो गाउँको रामकहानी (नाटक), फावाखोलाको गीत, अर्धसत्य (उपन्यास) पश्चात कविता सङ्ग्रह काश जिन्दगी ! ल्याएका हुन् ।

कार्यक्रममा कलाकार सानुबाबा सुब्बा, निर्देशक सागर सुब्बालगायतको उपस्थिति थियो । नयाँ अनालैना बाट

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार