
११ चैत,पाँचथर लिम्बू कथानक चलचित्र ‘थिम्’ (संस्कार)को छायांकन सम्पन्न भएको छ । गत आइतबार सम्पन्न चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न ठाउँमा छायांकन गरिएको हो । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्माताहरु यलम्बर खम्बु,सागर केरुङ,कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा रहेकाछन भने लेखक सागर केरुङ,निर्देशक यलम्बर खम्बु,मुख्य साहायक निर्देशक दिनेश माङ्मु,सहायक निर्देशक डिआर हाङ्सरुम्बा,रेगन प्रसाईं,अम्बरबहादुर तुम्बापो,छायांकन बिक्रम डिसि,ड्रोन अपरेटर बिक्रम याम्फु,नृत्य निर्देशक दिनेश माङ्मु,सहायक निर्देशक निङ्वा नेम्बाङ,नृत्य बरदान संगीतालय,गीत सागर केरुङ,संगीत बुद्धराज लिम्बू,स्वर मनि ताम्लिङ,इन्दु फोम्बो,सुनिता थेगिम,सुजन आङ्देम्बे,शृङ्गार सन्तोस रिजाल,प्रकाश मिलन खड्का र ब्यवस्थापक सुबास केरुङ नुनाम रहेका छन ।

पान्थर र ताप्लेजुङको विभिन्न रमणीय,ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायांकन भएको चलचित्रमा राजकुमार लिङ्देन,बबिता फोम्बो,कृष्णराज नेम्बाङ,सुक्मिता केरुङ,मानदेव जबेगु,निसाम तुम्बापो,नुनाम केरुङ,डिआर हाङ्सरुम्बा,रतन सिगु,आधार घिमिरे,कमल घिमिरे,भिमबहादुर तुम्बापो,कुमार ढकाल,चेतन घिमिरे,राजेन्द्रकुमार जबेगु,बर्षा खवास,सौभाग्य नेम्बाङ,दिनेश केरुङ,बुद्धराज लिम्बू,हिमा नेम्बाङ,माइकल तुम्बापो,सन्देश सुब्बा,बिबस तुम्रोक,डिबि खुदाङ,भीष्म खुदाङ,पबित्रा खुदाङ माबो,एलिसा खुदाङ,जयराम खुदाङ,सम्झना खुदाङ, शुक्र राई लगायतले अभिनय गरेका छन । करिव ३० लाख लगानीमा निर्माण भएको उक्त चलचित्र थिम् आगामी सिसेक्पा तङनाम (साउने सक्रान्ती) सम्ममा रिलिज हुने निर्देशक खम्बुले बताए ।

यस्तो छ चलचित्रको बिषयबस्तु – लिम्बू जाति पुर्वी नेपालको लिम्बुवान प्रदेशमा परापुर्वकालदेखी नै बसोबास गर्दै आएको एक आदिम जाति हो । मुन्धुमलाइ दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा,लिपि,धर्म,कला,संस्कार,संस्कृति,पहिचान र मूल्य मान्यताहरु छन । यसर्थ लिम्बू जातिहरु यो भूमिको आदिम जाति र भुमिपुत्र हुन भन्ने कुराको पुष्टि हुन्छ । आफ्नै जातिय थिम् (संस्कार),कर्मकाण्ड र रितिरिवाजहरु छन । जन्म थिम्,मृत्यु थिम्,विहाह थिम्, लगायत धेरै थिम् हरुले लिम्बू समुदायलाइ सुन्दर र सभ्य बनाएको छ । मानव उत्पत्ति र विकास सँगसँगै विभिन्न थिम् हरुको विकास हुँदै आएको पाइन्छ । उनाहुरीकालमा मानव वस्तिहरु धेरै पातलो थियो । घना जंगल र हिङ्स्रक जनावरहरु मात्र हुन्थ्ये । तेतिबेला एक वस्तिदेखी अर्को वस्तिसम्म पुर्याउने कुनै सुचना सञ्चारका माध्यमहरु थिएनन् । मृत्यु संस्कार,विहाह संस्कार जस्ता थिम् हरु एकले अर्कालाइ आमन्त्रण गर्न मुकुम्से? (काइँजलको फल) पड्काउने,बाँसको ढुँग्रोमा पानी लगाएर पोलेर पड्काउने गर्दथ्ये । जोडि पड्के सुभ संकेत र बेजोडि पड्के असुभ संकेत भएको बुझेर मान्छेहरु जम्मा हुन्थ्ये ।
युगको उत्तरार्धमा आइपुग्दा पड्किने विभिन्न सामग्रीहरु बन्न थाले । लिम्बू समुदायले युगसापेक्ष ती सामग्रीहरुलाइ मृत्यु र विवाहमा ध्वनिको रुपमा प्रयोग गर्न थाले । ठूलो आवाजमा पड्किने सामग्री बन्दुक नै भेटियो र बन्दुक पड्काउने थिम् रहन गयो । लिम्बूहरुले मृत्युमा एउटा र विवाहमा जोड नाल बन्दुक पड्काउँछन । यसरी नै हजारौं बर्ष अगाडिदेखि लिम्बू समुदायले उपयोग गर्दै आएको बन्दुक नेपालको संसोधित मुलुकी ऐन २०७४,नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२९ को धारा १ ‘क’ र ‘ग’ र उपधारा २ जस्ता ऐनहरुको ब्यवस्था गरि लिम्बू जातिको जीवनमाथी कुठाराघात गरिएको छ । लिम्बू समुदायको यहीँ वर्तमा जीवनशैलीलाई श्रब्य दृश्यको सहायतामा चलचित्र “थिम्” मार्फत प्रस्तुत गर्न खोजिएको छ ।



