पिताको अंगालोमा जान दौडिरहेकी ७ वर्षकी बालिकालाई प्रहरीले गोली हानेर मारिदिए

काठमाडौं। म्यानमारमा एक सात वर्षीया बालिकाको गोली हानी हत्या गरिएको छ । गत महिनाको सैन्य कूपछि भएको दमनमा उनी सबैभन्दा कान्छी ज्ञात शिकार भएकी छिन् । मृतक बालिका चिन मायो चितको परिवारले बीबीसीलाई बताएअनुसार मोन्डाले शहरमा उनीहरुको घरमा आक्रमण हुँदा उनी आफ्ना पिता भएतिर दौडिरहेका बेला प्रहरीले उनलाई गोली हानेर मारिदिएका थिए ।

विरोध प्रदर्शन जारी रहँदा म्यानमारको सेनाले पनि आफ्नो बल प्रयोग बढाइरहेको छ । अधिकार समूह सेभ द चिल्ड्रेनले बताएअनुसार दमनमा मारिएका दर्जनौं मध्ये २० भन्दा बढी बालबालिकाहरू छन्। प्रदर्शनमा जम्मा १६४ जनाको ज्यान गएको सेनाले बताएको छ भने असिस्टेन्स एशोसिएशन फर पोलिटिकल प्रिजनर्स (एएएप) नामको अभियन्ता समूहले कम्तीमा २६१ जनाको मृत्यु भएको जनाएको छ ।

मंगलबार ससेनाले प्रदर्शनकारीको मृत्युप्रति दुःख व्यक्त गर्दै देशमा अराजकता र हिंसा ल्याएकोमा दोषारोपण समेत गरेको छ । तर सुरक्षाफौजले प्रदर्शनकारीविरुद्ध ज्यानै लिनेगरी गोली चलाइरहेका छन् । चिन मायो चितकी दिदीले बीबीसीलाई बताएअनुसार प्रहरी अधिकारीहरूले मंगलबार दिउँसो मोन्डलेस्थित आफ्नो टोलका सबै घरहरूको खानतलासी गरिरहेका थिए ।

२५ वर्षीय मे थु सुमायाले भनिन् ‘उनीहरुले लात हानेर ढोका खोले । ढोका खुलेपछि उनीहरूले बुबालाई घरमा अरू कोही छ कि भनेर सोधे । उहाँले छैनन् भनेपछि तिनीहरूले उहाँलाई झूटो बोलेको आरोप लगाए र घरमा खानतलासी गर्न थाले । त्यतिबेला खिन मायो चिट बुबाको काखमा बस्न दौडिएकी थिइन् । उनीहरुले उनलाई गोली हाने । स्थानीय मिडियासँग कुरा गर्दै पिताले छोरीका अन्तिम शब्द सम्झिए ‘नाइँ बाबा म सक्दिन । यो धेरै दुखिरहेको छ ।’

पिताका अनुसार बालिकालाई अस्पताल लैजाँदै गर्दा आधा घण्टामा नै उनको मृत्यु भएको थियो । पुलिसले उनका १९ वर्षका छोरालाई पनि पक्राउ गरेर लिएर गएका छन् । सेनाले मृत्युबारे टिप्पणी गर्न बाँकी नै छ । डिसी नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार