हाङ चेम्जोङको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘मेरो सपनीमा….’ बोलको गीत चापेतीको आमा अफिसियलबाट बिहिबार सार्वजनिक भएको हो । जसको शब्द आकाश लिम्बूले कोरेका हुन् । एकान्त आङ्देम्बेको संगीत चन्दु गोर्खालीको एरेन्जमा तयार भएको गीतलाई एकान्त र दीपा लामाले गाएका हुन् ।

भिडियोमा रुद्र पहिम र पुष्पाञ्जली तिल्लिङ मादेन (चापेतिकुम्मा)ले अभिनय गरेका छन् । जसलाई छायांकन मेघराज मगराती, श्रृंगार सुमन शंकर र सम्पादन विकास दाहालले गरेका हुन् ।

याक्थुङ कलाकार समाज हङकङका सल्लाहकार लोक आङबुहाङ, कलाकार लक्ष्मी योङहाङ, कृष्णराज नेम्बाङ, मनु थक्लुङ, गायकहरु ब्रबिम सेर्मा, यादन सेर्मा, सुमन लिम्बू, गायिकाहरु तुलसा आङ्देम्बे, गंगा फियाक, सिर्जना जबेगु, निरन्ता नेम्बाङलगायत भिडियोमा संलग्न कलाकार, प्राविधिक र अतिथिहरुको उपस्थितिमा सार्वजनिक भएको हो ।

ललितपुरको नखिपोटस्थीत युङ्चा रेष्टुरेन्टमा सार्वजनिक गरिएको कार्यक्रममा नेपाली गीतसंगीतलाई यस्ता स्तरिय म्युजिक भिडियोले अन्तर्राष्ट्रियस्तरमा पु¥याउने बताए । कलाकार तथा प्राविधिकहरुले काम गर्दाको अनुभव साटासाट गरेका थिए । नयाँ अनलाइन बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent