किशोर सुब्बा बाट निर्देशन हुने चलचित्र घुयेत्रोको गीत रेकर्डिङ

नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ भएको छ । गायिका मेनका पौडेलेको स्वरमा रेकर्डिङ भएको हो ।

दिलसिङ मेन्याङ्बोको रचना, विकास चौधरीको संगीतमा तयार भएको गीतलाई मेनकाले गाएकी हुन् । दृष्टिविहिन गायिका मेनकाले पहिलोपटक चलचित्रमा एकल गीत गाएको भन्दै फेसबुकमा सार्वजनिक गरेकी छिन् । गीतको बोल ‘चौवन्दीको तुनाले जीवन मेरो कसिछु’ रहेको छ ।

यसअघि मेलिना राई र सुशन लिम्बूको स्वरमा पनि गीत रेकर्डिङ भइसकेको छ ।चलचित्रलाई किशोर सुब्बाले निर्देशन गर्नेछन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार