गायक संगम लिम्बुको आवाजमा ‘ रुँदैछु परदेशमा ‘ बोलको गीत रेकर्डिङ

नेपाली सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल गायक संगम लिम्बुको स्वरमा रुँदैछु परदेशमा .. बोलको गीतको नेपाली र लिम्बु भाषामा रेकर्ड भएको छ | बैदेशिक रोजगारको निम्ति विदेशमा रहनु हुने नेपालीको कथा ब्यथा लाइ समेटिएको गीत बियोगात्मक र कर्णप्रिय भएको गायक संगम लिम्बुले बताउनु भयो |

नेपाली तथा लिम्बु कला संस्कृतिको संरक्षण र प्रबद्धन रहने उदेश्यको साथै गीतको शब्द अनुसार कथा अनुसार म्युजिक भिडियोमा जीवन्त ढंगले प्रस्तुत गरिने निर्देशक सागर सुब्बाले बताउनु भयो |

रुँदैछु परदेशमा गीतको शब्द संगीत संगम लिम्बुकै रहेको छ भने एरेन्ज अशोक लोहरुङले गरेका छन् |

गायक तथा संगीतकार संगम लिम्बुको अघिल्ला गीतहरु धेरै चर्चित भइसकेका छन् रुँदैछु परदेशमा गीतले पनि श्रोता दर्शकहरुको मन जित्ने आशा गर्न सकिन्छ | उक्त गीतको म्युजिक भिडियो चाडै छायांकन हुदैछ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार