ओली पक्षकै १ र नेपाल पक्षका ३ सांसदको मत पाउँदा माओवादी मुख्यमन्त्री शाहीको पद सुरक्षित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन्।

ncell

सो प्रदेशका एक सांसदका अनुसार एमालेकै केहि सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत हालेपछि उनको पद सुरक्षित भएको हो।

‘प्रधानमन्त्री केपी ओली पक्षकै एकजना एमाले सांसद र माधव नेपाल पक्षका तीनजना सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुभयो, जसका कारण उहाँको पक्षमा बहुमत पुगेको छ,’ ती सांसदले नेपालखबरसँग भने।

एमालेका प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेका हुन्।बुढा ओलीपक्षीय सांसद हुन्।३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन्।सो प्रदेशमा एमालेका २० (सभामुखसहित), कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।

विश्वासको मतका लागि आज शुक्रबार भएको मतदानमा ३७ सांसद उपस्थित थिए।त्यसमध्ये शाहीको पक्षमा २२ मत खसेको थियो।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार