जुटे पाँचथरे कलाकारहरु ‘पान्थर-काठमाडौ कलाकार मञ्च’ गठन

काठमाडौ उपत्यकामा रहेर कला क्षेत्रमा कृयाशिल पाँचथरे कलाकारहरुले ‘पान्थर-काठमाडौ कलाकार मञ्च’ गठन गरेका छन । शुक्रवार अनामनगरस्थित संवाद डबलीको सभाहलामा सम्पन्न भेलाले गठन अध्यक्षमा यसेली योङ्हाङ चयन गरेको छ । उपाध्यक्षहरुमा रोशन बान्तावा,बिराज आङ्देम्बे,अशोक मुकाराङ,डिपि खनाल,निरन्ता नेम्बाङ,महासचिवमा दिनेश लिङ्देन,सचिवहरुमा बद्री हिङमाङ,यादन सेर्मा,सिर्जना जबेगु,निशा आङ्देम्बे,कोषाध्यक्षमा लक्ष्मी योङ्हाङ र सह-कोषाध्यक्षमा नरेश वनेम फागो निर्वाचित गरेका छन ।

यसरी नै सदस्यहरुमा तुलसी बास्कोटा,हाङ चेम्जोङ,देवजंग थापा,ब्रबिम सेर्मा ,कमल श्रेष्ठ ,भवानिबिक्रम सम्बाहाम्फे ,धनु ग्याङ्मी,राजेन्द्र केरुङ,राज चाम्लिङ,जेपि नेम्बाङ ,किरण चाम्लिङ ,नगेन माखिम ,जुना राई ,बबिता फोम्बो ,बिक्रम योङ्हाङ मुहिम ,कृष्णराज नेम्बाङ,इसक जबेगु,दिपा सुहाङ,देबेन्द्र नेम्बाङ,मदन सेन्चुरी,अर्चना गुरुङ,एकान्त आङ्देम्बे,दिप्सन आङ्बो,बालकृष्ण वनेम फागो ,सकुन लिम्बू,माइकल तुम्बापो,भावना नेम्बाङ,सुजन आङ्देम्बे ,शुभम चाम्लिङ,निस्चल प्रेम राई ,पुस्कर दाहाल,सडज लिम्बू,चन्द्र सम्बाहाम्फे,अमृत राई ,माइकल तुम्बापो,भक्त सुनुवार ,तानाम तान्छो लावति,मनाङ लावती रहेका छन ।

उक्त निर्वाचित समितिलाइ पाँचथर काठमाडौ सेवा समाजका अध्यक्ष सुरेन्द्र तिम्सिना,नेपाल चलचित्र विकास बोर्ड आदिवासी जनजाति मातृभाषि चलचित्र प्रबर्द्धन समितिका अध्यक्ष तथा लिम्बू चलचित्र कर्मी संघ केन्द्रीय अध्यक्ष सुर्यप्रकाश चेम्जोङ,लिम्बू बिद्यार्थी मञ्चकी केन्द्रीय अध्यक्ष दीपा लक्सम,संगीतकार कुल्बा सुब्बा लगायतले शुभकामना राखेका थिए । पाँचथरे कलाकारहरुको संयोजन चलचित्र लेखक/निर्देशक तथा युवा नेता सागर केरुङ्ले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार