शिशिर योगीको रोमाण्टिक भावको गीत माया छेउमै नआउने लोकप्रिय बन्दै

पाथिभरा च्यानल – फरक धार र गहकिला भावका गीतबाट सङ्गीत क्षेत्रमा विशिष्ट पहिचान स्थापित गरेका भर्सटायल सङ्गीतकार / गायक शिशिर योगीले रोमाण्टिक भावको गीत माया छेउमै नआउने को भिडिओ सार्वजनिक गरेका छन् l

शुक्रबार ४ बजे युट्युब प्रिमियरसँगै टेकू स्थित WONDE Kitchen मा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी गीतका सङ्गीतकार तथा गायक योगीले रिलिज भएको गीत तथा भिडिओको बारेमा जानकारी गराएका थिए l हरिहर तिमिल्सिनाको शब्दरचना, सुरेश शाहीको सङ्गीत संयोजन र कुमार रानाको मिक्सिङ / माष्टरिङ रहेको यो गीत केहीदिन अघि मात्र उत्तरढोका स्थित मारुनी डिजिटलमा रेकर्ड भएको थियो l

लामो समयदेखि म्युजिक भिडिओ, वृत्तचित्र आदिको सिनेम्याटोग्राफी र सम्पादनमा क्रियाशील रही केहीवर्ष यता निर्देशन समेत गर्दै आएका वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादनमा निर्मित यस भिडिओका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् l

भिडिओमा सुधीर श्रेष्ठ र याङ्शु श्रेष्ठले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l भिडिओ योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi मा अपलोड गरिएको छ l सारङ्गी त रेटेपनि, यो देशमा म एउटा मानिस खोजिरहेछु, आमाले घाँस काट्दै गर्दा, यता खोज्छु छैनौ आमा, बोल्ने कोही छैन जस्ता कालजयी गीतका गायक शिशिर योगी अब्बल दर्जाका सङ्गीतकार समेत हुन् |

भिडियो हेर्नुहोस्

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार