
१२ बैसाख । नेपालमा पछिल्लो २४ घण्टामै तीन हजार बढी कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पिसिआर परीक्षणमा ३ हजार ३२ र एन्टिजेनमा ९० गरी ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये १९ हजार ३८२ जना आइसोलेसनमा छन् ।
हाल ६९ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन् । कुल संक्रमितमध्ये १ हजार ४९८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा एक हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
आज देशभर १९ हजार ३८२ जना सक्रिय संमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आइतबार गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा पछिल्लो समय कोरोना संक्रमणबाट सिकिस्त बिरामीको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ। यही क्रममा बिरामीको संख्या बढ्दै गए आईसीयू र भेन्टिलेटरको अभाव हुने मन्त्रालयले जनाएको छ।



