सुमन लिम्बु र निरन्ताको स्वरमा पालाम साक्थिम सार्वजनिक ( भिडियो सहित )

पाथिभरा च्यानल -हालका व्यस्त निर्देशक लोकेन साँवा लिम्बूद्वारा रचनामा रहेको पाःलाम साक्थिम म्युजिक भिडियोमा सार्वजनिक भएको छ ।

सुमन लिम्बूको लय संकलन, अशोक लोहरुङ राईको एरेन्ज रहेको पाःलाम सुमन लिम्बू, निरन्ता नेम्बाङ, दिवस पयाङ्गु, दीपा सुहाङ, भीमसागर मादेम्बा, रोजिना थेगिम, शम्भू फोम्बो, सिर्जना जबेगुले गाएका हुन् ।

केःसाङ्ला प्रदर्शन समिति, काठमाडौंले निर्माण संयोजन गरेको भिडियोमा भीम तुम्बाहाम्फे, बिमला खजुम, सलमान थलङ, मन्जु आङ्देम्बे, मोहन थेबे, सनम पहाङ्गो, मनु थक्लुङ लिम्बू, पूर्ण सेत्लिङ, सुकमिता केरुङ, शमसेर तुम्बाहाम्फे, सनि बेघा, शारदा राई, प्रज्ञा इजम, निर्मल लिवाङ, रुथ लिम्बूले अभिनय गरेका छन् ।

बिमला तामाङको श्रृङ्गार, अरुण बरुण न्यौपाने लोकेन साँवाको छायांकन, विकाश दाहालको सम्पादन, लोकेन साँवाको निर्देशन रहेको भिडियो सेवालुङ च्यानलमार्फत सार्वजनिक भएको हो । नयाँ अनलाइन बाट

भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार