रेस्क्यू म्युजिक अवार्डको घोषणा

काठमाडौं– लामो समयदेखि म्युजिक भिडियोहरु निर्माण गर्दै आएको रेस्क्यू क्रिएशनले निकट भविष्यमा ‘रेस्क्यू म्युजिक अवार्ड’ आयोजना गर्ने भएको छ ।

विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय यो संस्थाले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको जनाएको छ ।

संस्थाका निर्देशक समन अधिकारीले वर्षौदेखिको म्युजिक भिडियो निर्माणको अनुभवपछि वास्तविक स्रष्टाको उच्च कदर गर्दै विभिन्न विधामा सम्मान गर्ने हेतुले अवार्ड आयोजना गर्न लागेको बताए ।

निषेधाज्ञामै गरियो रेस्क्यू म्युजिक अवार्डको घोषणा

‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं । विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौं’, उनले भनेका छन् ।

अधिकारीका अनुसार अवार्ड यो वर्षको अन्त्यमा काठमाडौंमा सम्पन्न हुनेछ भने अर्को वर्ष युरोपमा हुनेछ ।

प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म गरेर १५ वटा विधामा अवार्ड प्रदान गरिनेछ ।

‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पुर्‍याउने स्रष्टालाई दिनेछौं’, अधिकारीले भनेका छन् । कलाकर्मी डट कम बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार