नहेर तर्केर भन्दै बिमला लिम्बु र भिम तुम्बाहाम्फे (भिडियो सहित)

पाथिभरा च्यानल – नायिका तथा मोडल बिमला खजुम र नायक भिम तुम्बाहाङफे अभिनित ‘नहेर तर्केर’को भिडियो सार्वजनिक भएको छ । गायक नितेश राई र गायिका एलिना चौहानको स्वरले सजिएको उक्त गीतमा धन वीर विश्वकर्माको शब्द रहेको छ भने संगीत गायक स्वयम राईको रहेको छ ।

केहि बर्ष पहिलेको परिवेश लाइ म्युजिक भिडियोमा समाबेश गरिएको छ | बाटो छेउमा होटल संचालन गर्ने युवती र सोहि होटलमा खाजा पानि खान आउने युवक बिचको एक अर्काको आकर्षण र मायाको चिनो आदान प्रदान् संगै संगै अन्त्यमा बियोगात्मक परिबेशमा भिडियोको अन्त्य हुन्छ | बिमला खजुम र नायक भिम तुम्बाहाङफेको अभिनय प्रसंसा योग्य छ | समग्रमा गीत र भिडियो राम्रो बनेको छ |

बिग पारीवेश स्टुडियोमा सम्पूर्ण कार्य सम्पन्न गरिएको यस गीतमा संगीत संयोजन टंक तिमील्सिनाको रहेको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छांयाकन रहेको भिडियोमा अनिल राणाको सम्पादन रहेको छ । सोनाम लामाको कला प्रोडक्सन रहेको यस् भिडियोमा देवराज मग्रातीको सह-छांयाकन रहेको छ भने मेकअप सोम मग्रातीको रहेको छ । भिडियो सेवालुङ च्यानलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार