रमाइलो ठाउँको रमाइलो कुरा

पाँचथर याङनाम — बर्तमानभन्दा पाँच दशक अगाडि स्थानिय समाजसेवी जननेता बिरज हाङ जबेगु समेतको प्रतिनिधित्वसंगै नेपाल सरकारबाट हवाइ मैदान स्वीकृत भएर खनेर तत्काल छाडिएको पांचथर याङनाम खलंगाटारको मैदान स्थानिय जनता तथा श्रीखलंगाटार मा० बि० को आवस्यक्तालाइहेर्दै २०३७ सालमा पन्चायत शुसासन क्षेत्र अन्तरगत याङनाम गाउँ पँन्चायतले ९ साइडको फुटबल खेल मैदान खनाएको थियो ।

पहाडी जिल्लाहरुमा सून्दर र एतिहासिक ठाउँ मनिएको यश खेल मैदानलाइ यसै दशकको शुरुमा इमानसिङ रंगशालामा परिणत गरिए पछि विभिन्न संघ, संस्था र जन सहयोगबाट गतबर्षसम्ममा करिव रु० २ करोड ५० लाख बराबरको खर्छ भै सकेको छ । समयको परिवर्तनसंगै बिकासहुन्दै जानेक्रममा यश आ० ब० अन्तरगत नेपाल सरकार प्रदेश न० १ बाट खेल मैदान निर्माण सहयोग रु ८५ लाख प्राप्त भ इ प्याराफिट सहितको ११ साइडको खेल मैदानको निर्माण कार्य धमाधम भै रहेको छ ।

५ दशक अगाडि हवाइ मैदान खनिएको यो ठाउँमा बर्तमानको यो अवस्था हेरेर ,सुनेर यहाँ अहिले भै रहेको यो बिकासको नयाँ कदमलाइ कसैलराम्रो कामकोआश्चर्य मानी रहेका छन भने कसैले पुरानो हवाइ मैदानको पुनर्बृती पो हो कि भन्ने सम्झैन्दै थप नयाँ बिकास निर्माणको अपेक्षा राखेको पाइन्छ ।

हाङओजा थेगिम

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent