कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गण्डकीमा मुख्यमन्त्री दावी गर्न पोखरेल पुगे प्रदेश प्रमुखको कार्यालय

गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेशप्रमुख समक्ष गएका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार