जसपाबाट मन्त्री बनेकालाई उपेन्द्र पक्षले माग्यो स्पष्टीकरण, जवाफ दिन सात दिन समय

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकाहरूलाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण मागेको छ ।
यादव पक्षले ती मन्त्रीलाई विभिन्न प्रश्न राखी सात दिनभित्र जवाफ दिन भनेको हो । जसपाका यादव पक्ष विपक्षी गठबन्धनमा आबद्ध छ भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका ११ जना ओली सकारमा सहभागी भएका छन् ।

यही जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नं. ४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने उल्लेख छ । सोही निर्णय स्मरण गराउँदै यादव पक्षले ती मन्त्रीलाई तपाईंहरूलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण माग गरेको हो ।

संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरीत किन साथ दिएको, सरकारमा किन सहभागी भएको, राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको र पार्टीमा गुटबन्दी गर्ने र अनुशासन उल्ल्ंघन गर्ने–गराउने कार्य भइरहेको प्रश्न यादव पक्षले ठाकुर पक्षका ती मन्त्रीलाई सोधेको छ ।
यता जसपाको एक अर्का पक्षले गरेको कारवाही कानुनसम्मत नभएको भन्दै निर्वाचन आयोगले साविककै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent