बिभिन्न गतिबिधी र जानकारीमुलक कार्यक्रम हेल्लो अमेरिका युट्युवमा

अमेरिकाको बिभिन्न गतिबिधी विभिन्न स्थानको परिचय साथै जानकारीमुलक कार्यक्रम HELLO अमेरिका को पहिलो भागको प्रशारण भएको छ |उक्त पहिलो भागमा कार्यक्रमको प्रस्तोता सुमन थाम्सुहाङले कोरोना पार्कको बारेमा सरल र आकर्षक ढंगले जानकारी दिएका छन |

अब नेपालमा नै रहेर पनि अमेरिकाको बारेमा सम्पूर्ण जानकारी हेल्लो अमेरिका मार्फत लिन सकिने छ्|हरेक महिनाको प्रत्येक पहिलो र अन्तिम शनिबार जेपीजे इन्टरटेन्मेन्ट युटुब मार्फत आउने भएको हो । यस कार्यक्रमको पहिलो भागमा चर्चित नेपाली निर्देशक कलाकार निर्माता र विभिन्न संघ सस्थाले सफलताको शुभकामना दिनुभएको छ |

निर्देशक सुब्बाले नेपालमा रहनुहुँदा खेरी मधुशाला लगायत आधा दर्जन पत्रीकाको सम्पादन पनि गरी सक्नुभएको छ् | समग्रमा भन्नु पर्दा कार्यक्रम हरेक दृष्टिले उत्कृस्ट बनेको छ |

कार्यक्रमको प्रस्तोता सुमन थाम्सुहाङ रहनेछन् । त्यसैगरी छायांकनमा सम्राट कार्की, ग्राफिक्स प्रविण ढकाल, ब्याकग्राउण्ड म्युजिक सम्राट थापा, सम्पादन मन्दिल श्रेष्ठ र निर्देशन किशोर सुब्बाको रहेनछ ।

अमेरिकामा रहेका नेपालीहरुको अवस्था, मनोरञ्जनका सामाग्रीहरु प्रस्तुत हुने निर्देशक सुब्बाले जानकारी गराएका छन् ।

भिडियो हेर्नुहोस ||

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent