कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

चलचित्र कथा बैंकको स्थापनामा लिम्बू चलचित्रकर्मी संघ

 याक्थुङ मुन्चइत् चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ) ले कथा प्रतियोगिता गरेर याक्थुङ कथा बैंक स्थापना गर्ने भएको छ । सयङले अनलाइनमाध्यमबाट प्रतियोगिता गर्न लागेको हो ।

संसारभरी छरिएर रहनुभएका सम्पुर्ण स्रष्टा, कथाकारहरुको कथा संकलन गरेर बिशिष्ट, उत्कृष्ट लिम्बू चलचित्र निर्माण गर्नको लागि ‘याक्थुङ स्टोरी बैंक’ स्थापना गर्न लागेको सयङका अध्यक्ष सूर्यप्रकाश चेम्जोङले जनाएका छन् ।

‘अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ कथा प्रतियोगिता २०७८’ नाम दिइएको आयोजनामा कथा लिम्बू, अङ्ग्रेजी वा देवनगरिमा लेखिएता पनि लिम्बू बिषय हुनुपर्ने जनाएको छ । ४०० देखि ५०० शब्दको कथालाई समावेश गरिने प्रतियोगितामा मुन्धुमी, थिम्, मिम्, पर्यावरणीय, डायास्पोरिय कथाहरुलाई विषयगरुपमा पुरस्कृत गरिने भएको छ ।

आदिवासी जनजाति, मातृभाषी प्रवद्र्धन समिति, नेपाल चलचित्र वोर्डको सहयोगमा यस कार्यक्रम हुन लागेको हो ।

कथा असार २५ गतेभित्र सयङको इमेल [email protected] मा पठाइनुपर्ने र २७ गते जुममार्फत कार्यक्रम गरी सार्वजनिक गरिने जानकारी आयोजकले दिएको छ ।

नयाँ अनलाइन बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार