वायुसेवा निगमको कार्यालयमा तनाव, आन्दोलनरत कर्मचारीको नाराबाजी

काठमाडौं, २४ असार । कर्मचारीको आन्दोलनका कारण नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय सुन्धारा तनावग्रस्त बनेको छ । गएको मंगलबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएका निगमका कर्मचारीहरु निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा नाराबाजीमा उत्रिएपछि कार्यालय तनावग्रस्त बनेको हो ।

यतिखेर निगमका आन्दोलित ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुस जारी राखिएको नेपाल वायु सेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले जानकारी दिए । निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र नालायक महाप्रबन्धकक डिमप्रकाश पौडेलको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने डाँगीले बताएका छन् ।

राष्ट्रिय ध्वजाबाहक जस्तो इतिहास बोकेको राष्ट्रिय वायुसेवा निगमलाई निजी स्वार्थमा रही महाप्रबन्धक पौडेलले हवाई माफियाको हातमा सुम्पन खोजेको भन्दै कर्मचारीहरु आन्दोलित छन् ।

गत मंगलबार निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै तालुक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएसँगै आक्रोशित कर्मचारीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । सो क्रममा गत बुधबार निगमको कार्यालयमा तालाबन्दी क्रममा प्रहरी र कर्मचारीबीच तनाबको स्थिति आएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार