अब सक्रिय र सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं : अध्यक्ष ओली

काठमाडौं, १ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले रचनात्मक, सक्रिय र सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् । आज (शुक्रबार) तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

‘मुलुकको राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ’, अध्यक्ष ओलीले भने, ‘हामी हाम्रा विचारहरू हाम्रा आदर्श, हाम्रा उद्देश्य,हाम्रा नीति कार्यक्रम लिएर जनताका बीचमा जाँदैछौ र यसरी जाँदा जनताको समर्थन व्यापक प्राप्त गर्नेछौ ।’

बैठकको शुरुवात गर्दै ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताए । ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।

बैठकमा १० बुँदे सम्झौता, अदालतको फैसला र आगामी संघर्ष तथा विषयमा छलफल हुने एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा ओलीले भने, ‘न्याय पाउने ठाउँबाट अन्याय भयो हामी कति पनि नआत्तिएर जनतामा जान्छौं । पार्टीका नीति र विचार लिएर जान्छौं । अबको प्राथमिकता संगठन र संघर्ष हो ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent