ठाकुरनिकट मनिष सुमन पनि उपेन्द्र यादव पक्षमा उभिए, यादव पक्षमा दुई तिहाई पुगेको दाबी

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिताका लागि निर्वाचन आयोगले आज निर्णय दिने भएको छ । यसको लागि आयोगले जसपाका दुवै पक्षका केन्द्रीय सदस्यहरुलाई खनाखतको लागि आयोगको कार्यालयमा बोलाएको छ । अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरु निर्वाचन आयोगमा सनाखत गर्न पुगिसकेका छन् ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार यादव पक्षमा अहिलेसम्म ३४ जनाले सनाखत गरिसकेका छन् । र, उनको पक्षमा अझै एक जनाले सनाखत गर्ने बुझिएको छ । यसअघि महन्थ ठाकुर पक्षमा उभिएका मनिष सुमन पनि उपेन्द्र यादव पक्षमा उभिएका छन् । राजकिशोर यादवले पनि उपेन्द्रकै पक्षबाट सनाखत गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार