
विश्वव्यापी अनलाइन पालाम प्रतियोगिता उत्कृष्ट १० मा पर्नु भएका सुमन लिम्बू र इन्दिरा नेम्बाङको संयुक्त स्वरमा नयाँ पालाम अम्लारी कुसिङ युट्युवमा सार्वजनिक भएको छ ।
पालाम प्रतियोगितामा सुमन लिम्बुले सेहोनाम्लाङ अवार्ड प्राप्त गरेका थिए भने इन्दिरा नेम्बाङले उदयमान प्रतिभाको अवार्ड पाएकी थिइन् ।
इन्दिरा नेम्बाङकै रचना र लय संकलन, रुद्र श्रेष्ठको एरेन्ज रहेको पालामलाई पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । पालामको भिडियो पनि पूर्वाञ्चलकै च्यानलमार्फत सुन्न र हेर्न सकिछ । नयाँ अनलाइन बाट
भिडियो हर्नुहोस !!!



