
लिम्बू समुदायमा हर्ष बधाई र कसैकाे मृत्यू हुँदा प्रयाेग गरिने तिम्मक (बन्दुक) चलचित्रकाे काठमाडाैमा पाेष्टर सार्वजनिक भएकाे छ । राेमियाे फिल्म्स प्रा.लि. काे व्यानरमा निर्मित चलचित्र तिम्मककाे चलचित्र जगतका सिद्दहस्त महानुभावहरु, पत्रकार र कलाकारहरुकाे माझ सार्वजनिक भएकाे हाे ।

याक्थुङ गाउँ वस्तिहरुमा प्रचलित सांस्कृतिक सामाग्री तिम्मक माथि माओवादी जनयुद्दमा युद्दरत पक्ष र सरकारपक्ष दुबैले गाउँमा भएकाे भरुवा बन्दुकहरु खाेसेर लगेपछि बन्दुककाे अभाव भई उत्पन्न सास्कृतिक प्रभावलाई चलचित्रमा देख्न सकिने निर्माता, निर्देशकहरुले जानकारी दिएका छन् । राज्यपक्षले बन्दुकलाई कानूनि रूपमा प्रतिवन्ध गर्ने नियम लागू नगरे पनि भएका बन्दुकहरु खाेसिए, नयाँ भरुवा बन्दुककाे किनवेच नहुँदा संस्कृति धान्न सक्ने अवस्था समेत नभएकाे यथार्थलाई उजागर गर्न सक्नु तिम्मक चलचित्रकाे मुख्य धर्म रहनेछ ।

खगेन्द्र पन्धाककाे लेखन /निर्देशन , बीबी लिम्बुको सह निर्देसन र क्यामेरा , किशाेर कुमार पन्धाक, सीता कुमारी तुम्बापो पन्धाककाे निर्माणमा बनेकाे चलचित्रलाई तेह्रथुमकाे रमणीय गाउँ वस्ति पोंग्धाक, मेंछ्याम गाउमा स्थानीय कलाकारहरुलाई ग्रुमिङ गरेर अभिनय गराएकाे र चलचित्र यो दसैँ सम्ममा प्रदर्सन हुनेकुरा आयाेजकहरु ले जानकारी दिएका छन् ।

हङकङ लाई कर्मथलो बनाई आइरहेका पन्धाक दाम्पति द्वारा निर्मित यो तेस्रो चलचित्र हो, उहाहरुले यस अघि नेपालि चलचित्र घरजम र थात्थालो प्रदर्सन गरिसकेकाछन। बगैचा डट कम बाट
भिडियो हेर्नुहोस



