अमेरिकाको ज्याक्सन हाइटमा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ प्रदशन हुने

लिम्बू भाषामा आधारित पहिलो लिम्बू कथानक आधुनिक चलचित्र थेत्लङ अक्टोवर २ तारिक बेलुकी ७ वजे अमेरिकामा प्रदर्शन हुने भएको छ । ज्याक्सन हाइटस्थीत सत्यनारायण हलमा पहिलो पटक विशेष प्रदर्शन हुन लागेको निर्देशक किशोर सुब्बाले पाथिभरा च्यानल लाई जानकारी दिएका छन् ।

किरात याक्थुङ चुम्लुङ, अमेरिकाको तर्फबाट दिपक थेवे संयोजक रहेको प्रदर्शन समितिमा निर्देशक किशोर सुब्बा, विशेष सहयोगी लोक चेम्जोङ वीरेन्द्र लाबुङ लिम्बू, प्रेम गुरुङ (गुरुङ चलचित्र नायक एवं गुरुंङ समाजसेवी) सम्राट कार्की (चर्चित क्यामेरामेन एवं समाजसेवी), केशवराम राई, वरिष्ठ समाजसेवी र किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्सुहाङ रहेका छन् ।

ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् । उक्त उपन्यासलाई चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा लेखेका छन । सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएकोे चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, सोनु ताम्लिङ लगायतले अभिनय गरेका छन् ।

सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्य निर्देशन दिनेश माङ्मु, संगीत कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पविन आङ्देम्बे, निर्देशन किशोर सुब्बाको रहेको छ । यस चलचित्रले चार वटा FLFA Award पनि जिति सकेको छ ! मुख्य प्रस्तुति निर्माता मनी ताम्लिङ को रहेको छ भने सह -निर्मातामा विराज लिम्बू रहेको छ ! थेत्लङ सिक्किम, काठमाडौँ धरानलगायत विभिन्न स्थानहरु प्रदर्शन भइसकेको छ। अब हङ्कङ यु के कोरिया लागायत बिभिन्न देशहरुमा प्रदर्शनको तयारीमा रहेको छ |

चलचित्र थेत्लङ को ट्रेलर हेर्नुहोस !!!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent