चलचित्र ‘रीत’ र ‘अञ्जली’को चाडै छायांकन शुरु हुँदै

फाल्गुनन्द लिङ्देन फिल्मसद्वारा निर्माण हुन लागेका दुई चलचित्र ‘रीत र अञ्जली’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । चलचित्र ‘रीत’ लिम्बु जातीको भाषा, लिपि र संस्कतिमा आधारित छ भने ‘अञ्जली’ नेपाली भाषा हत्या, हिंसा र अपहरणमा आधारित रहेको निर्माण टिमले जनाएको छ ।

दुवै चलचित्रका निर्देशक दिनेश लिङ्देनले लिम्बु कथानक चलचित्र ‘रीत’को छायांकन ताप्लेजुङ्, पाँचथर, इलाम र धनकुटाको रमणिय स्थलहरुमा हुने जनाइएको छ । यस्तै, ‘अञ्जली’ काठमाडौं उपत्यकाको आसपासमा छायांकन गरिने छ बताए । हाल दुबै चलचित्रको वर्कशप चलिरहेको निर्देशक लिङ्देनले बताए ।

यी दुवै चलचित्रमा कलाकारहरु एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खड्का, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापो लगायतको अभिनय रहने निर्माण युनिटले जनाएको छ ।

मिकहाङ् लिङ्देन र सुदिता लिङ्देनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खड्का, मनी ताम्लिङ, विक्रम पयांगु र दीपक नेपाली रहेका छन् । यि दुवै चलचित्रको कथा निर्देशक तथा कलाकार सागर केरुङ्ले लेखेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent