भाद्र २९ गते मंगलबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्श्री शाके १९४३ बि.स.२०७८ साल भाद्र २९ गते मंगलबार इश्वी सन २०२१ सेप्टेम्बर १४ तारीख भाद्र शुक्लपक्ष अष्टमी तिथी ज्येष्ठा नक्षत्र प्रिती योग बालव करण चन्द्रमा बृश्चिक राशिमा पश्चात धनु राशिमा आनन्दादि योगमा मानस योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु भौमाष्टमीव्रत, गोरखकालीपूजा,सधा अष्टमी, काया,अष्टमी, कागेश्वरी मेला,लपु दशमहाविद्या पूजा , बाल दिवस, (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थमा सामान्य सुधारको अनुभब रहनेछ । बिश्वासिलो ब्यत्तिहरुबाट धोका हुन सक्नेछ । मध्यान पश्चात मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । मध्यान पश्चात सामान्य बादबिवादको सामना गर्नु पर्ला । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । अपरान्ह पश्चात भने दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । नयाँ कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कला कौशलका क्षेत्रबाट आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । अपरान्ह पछी गैर ब्यतिको बिश्वास नगरेकै बेश हुनेछ । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहज हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शारीरिक आलस्यले गर्दा सामान्य कार्यक्षेत्रमा ढिलाई हुन सक्छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । मध्यान पछि बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ ।अध्यन अध्यापनमा समय उत्तम रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शुभचिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहज हुनेछ । पुरानो कार्य क्षेत्रमा मन चन्चल रहनाले नयाँ काम को थालनि हुन सक्नेछ । मध्यान पश्चात पारीवारिक झमेलाको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । निर्णय गर्ने क्षमतामा भने बृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलि तथा खानपानमा बिशेष ध्यान दिनु होला ।स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ अपरान्ह पश्चात गरीएका कार्यहरु सहजता पुर्ण ढगंले सम्पादन हुनेछन । मित्रजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सहजता पुर्वक सम्पादित रहनेछन । बल तथा पराक्रममा बृद्धिहुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । मध्यान पछि आय आम्दानिका तुलनामा खर्च बढ्नेछ । परिवारका सदस्यहरुबाटँ टाढाँ भएको महसुस हुनेछ । लगानिको उचित प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । अधुरो यात्रा रहने योग रहेकोछ । मध्यान पश्चात भने नयाँ कार्य थालनिको बिशेष योग रहेकोछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यपार ब्यवसाका क्षेत्रमा बिशेष सजग रहनु पर्ने समय रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि हुनेछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । अपरान्ह पश्चात आक्स्मिक धनखर्चको सम्भाबना रहेको छ । नजीकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मध्यान पछी श्रम र मेहेनतको राम्रो कदर हुने तथा मानसम्मान प्राप्त हुने समय रहेको छ । रचनात्मक कार्यको क्षेत्रबाट मनग्य लाभ प्राप्त हुन सक्नेछ । नयाँकार्यको अवसरहरु जुट्नेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) धार्मिक कार्यको क्षेत्रमा समय ब्यतित रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । मध्यान पश्चात समान्य कार्यका निम्ती अधिक श्रम परेतापनि श्रमको उचित मुल्यांकनका कारण मन हर्षित रहनेछ । सामाजिक कार्यमा बिशेष जिम्बेवारि बहन गर्नु पर्ला ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार