नाचघरमा गुञ्जियाे लाेपाेन्मुख माैलिक धुनहरु

स‌ंविधान दिवसकाे अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम “हाम्राे धुन हाम्राे धड्कन” सम्पन्न भएकाे छ । नेपालका लाेपाेन्मुख माैलिक धुनहरुकाे प्रस्तुति कार्यक्रममा तीन समुदाय सौका, थारु र वालुङ समुदायका धुनहरु प्रस्तुत गरिएकाे थियाे ।

स्वागत नृत्यबाट सुरु भएको कार्यक्रमा क्रमशः वालुङ समुदायको घाना ढाकी किला (घर पैँचो गीत), थारु समुदायको थारपैयाँ भाका, सौका समुदायको झुम्का भाका, वालुङ समुदायको लुङ्मा ठामी पाङ्सोम देमुना (लोकभाका) र थारु समुदायको ढुङ्ग्रु भाका, प्रस्तुत गरिएको थियो ।

त्यसै गरी सौका समुदायको छलिया भाका, वालुङ समुदायको ठिही फामी ङाक्छ्याङ अर्थात अर्ती उपदेशको गीतको भाका, थारु समुदायको हुर्दङ्या भाका र सौका समुदायको छिराबैरा भाका गरी तीन समुदायका नौ वटा लोपोन्मुख मौलिक नेपाली धुनहरुको प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक तथा संगीत निर्देशन प्राज्ञ अशोक राइले गरेका हुन् भने नृत्यकाे निर्देशन संस्थानका नृत्य प्रवन्धक शारदादेवी सिलवालले गरेका थिए ।

कार्यक्रममा बाद्यवादन तर्फ सनाईमा धनबहादुर गुरुङ, मादलमा खर्कबुढा मगर, नरेश प्रजापति, भरत बुढाथाेकी, सारङ्गीमा लाेकराज भरत नेपाली, सन्ताेष पाठक, सञ्जाेक मल्ल टुङ्नामा लाेकराज राई, छेवाङजेञ्जिङ लामा, मिङ्मार लामा, बाँसुरीमा गाेपालदेव घतानी, दुर्गाप्रसाद खतिवडा, रत्न विक काेरस गायनमा विपिन घिमिरे, रिता केसी, शिला विष्ट अलि, सञ्जय तुम्राेक, कला राई तथा नृत्यमा शारदादेवी सिल्वाल, सवनम सिल्वाल, माया थापा, गिता थापा, सुशिला थापा, रेखा कटुवाल, सुर्या कार्की, सनम खड्की, छवि थापा, दिपेश माझि, शेखर घर्ति मगर,  नविन गुरुङ र सुजित श्रेष्ठ लगायतका कलाकारहरु रहेका थियाे ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार